शीर्षकहरू

चितवन-२ मा रवि लामिछानेको फराकिलो जीत, अघिल्लो रेकर्डसमेत तोडे

चितवन-२ मा रवि लामिछानेको फराकिलो जीत, अघिल्लो रेकर्डसमेत तोडे

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।

लामिछानेले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै आफ्नो अघिल्लो निर्वाचनको मतसंख्या पनि पार गरेका छन्। तीन वर्षअघि भएको निर्वाचनमा उनले ५४ हजार १०० मत ल्याएर जित हासिल गरेका थिए।

यसपटक उनी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेललाई ठूलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। खरेलले १४ हजार ९३५ मत प्राप्त गरेकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९५ मत प्राप्त गरेका छन्।

चितवन–२ मा लामिछानेको यो जितलाई फराकिलो मतान्तरसहितको ऐतिहासिक जीतका रूपमा हेरिएको छ।