शीर्षकहरू

सुनसरी-१ मा हर्क साम्पाङको अग्रता, गोमा तामाङ पछ्याउँदै

सुनसरी-१ मा हर्क साम्पाङको अग्रता, गोमा तामाङ पछ्याउँदै

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता लिएका छन्।

हालसम्मको मतगणनाअनुसार साम्पाङले ५ हजार ८९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले ४ हजार ८०९ मत प्राप्त गरेकी छन्।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले १ हजार २९१ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका टिकाराम लिम्बुले ९६४ मत ल्याउँदा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ८९८ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ।