शीर्षकहरू

बिहान ८ बजेसम्मको अपडेट: २८ क्षेत्रमा नतिजा सार्वजनिक, रास्वपाको दबदबा, कुन दल कहाँ विजयी ? (सूचीसहित)

बिहान ८ बजेसम्मको अपडेट: २८ क्षेत्रमा नतिजा सार्वजनिक, रास्वपाको दबदबा, कुन दल कहाँ विजयी ? (सूचीसहित)

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा शनिबार बिहान ८ बजेसम्म २८ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता बनाउँदै २० क्षेत्रमा विजय हासिल गरेको छ।

त्यसैगरी नेपाली कांग्रेसले ५ क्षेत्रमा जित निकाल्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ र नेकपा एमालेले १ क्षेत्रमा विजय प्राप्त गरेका छन्।

रास्वपाले जितेका २० निर्वाचन क्षेत्र

चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। उनले ५४ हजार ४०२ मत प्राप्त गर्दा उनका निकट प्रतिस्पर्धी मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्।

बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित विजयी भए। उनले नेकपा एमालेका सुमन मल्ललाई ९ हजार ९३६ मतले पराजित गरे।

बाँके–१ मा सुरेश कुमार चौधरी ३२ हजार ७९२ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी कांग्रेसका नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत पाए।

काठमाडौं–४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मत ल्याएर विजयी भए। उनले कांग्रेसका सचिन तिमल्सेनालाई २० हजार ३१८ मतान्तरले हराए।

मोरङ–६ मा रास्वपाकी रूविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। उनका निकट प्रतिस्पर्धी कांग्रेसका शेखर कोइरालाले १२ हजार ८५० मत पाए।

रूपन्देही–४ मा कन्हैया बनिया २८ हजार ६६ मतसहित विजयी भए भने एमालेका प्रमोद कुमार यादवले २० हजार २६२ मत पाए।

स्याङ्जा–१ मा धनञ्जय रेग्मी २९ हजार ७१ मतसहित विजयी भए। उनले कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मतले पछि पारे।

महोत्तरी–१ मा प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भए। उनले नेकपाका गिरिराजमणि पोखरेललाई पराजित गरे।

काठमाडौं–९ मा रास्वपाका उपसभापति डिपी अर्याल ३५ हजार ९३ मत ल्याएर विजयी भए।

काठमाडौं–१ मा रञ्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी भइन्।

काठमाडौं–३ मा राजुनाथ पाण्डे १८ हजार ७५७ मत ल्याएर विजयी भए। उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरे।

काठमाडौं–६ मा शिशिर खनाल २७ हजार ७१९ मतसहित विजयी भए।

काठमाडौं–७ मा गणेश पराजुली २७ हजार ८०५ मतसहित निर्वाचित भए।

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याएर विजयी भए।

काठमाडौं–१० मा प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भए।

कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित निर्वाचित भइन्।

मोरङ–४ मा सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी भए।

काठमाडौं–५ मा सस्मित पोखरेल ३० हजार ७३७ मतसहित निर्वाचित भए।

कास्की–२ मा उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मतसहित विजयी भए।

धनुषा–३ मा रास्वपाका प्रवक्ता मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भए। उनले कांग्रेसका विमलेन्द्र निधिलाई २७ हजार ६५२ मतले पराजित गरे।

कांग्रेसका पाँच क्षेत्रमा विजय

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मतसहित विजयी भए।

रसुवामा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर निर्वाचित भए।

मनाङमा टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी भए।

मुस्ताङमा योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित निर्वाचित भए।

दैलेख–१ मा बास्ना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भइन्।

नेकपाको दुई क्षेत्रमा जीत

रूकुममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित विजयी भए।

कालिकोटमा महेन्द्रबहादुर शाही ९८६ मतान्तरले विजयी भए। उनले ११ हजार ३३८ मत प्राप्त गरे।

एमालेको पहिलो जीत

बाँके–२ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्। उनले रास्वपाका विवेक कुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले पराजित गरे।

राईले २४ हजार ६२८ मत प्राप्त गर्दा श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरेका छन्।