शीर्षकहरू

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित

म्याग्दी। म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ ले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ले ६ हजार ८८४ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा ले ३ हजार ५२९ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा का अनुसार बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो।