शीर्षकहरू

रुकुम पश्चिममा पछि परे जनार्दन, गोपाल शर्माको अग्रता

रुकुम पश्चिममा पछि परे जनार्दन, गोपाल शर्माको अग्रता

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा रुकुम पश्चिममा सुरुवाती अग्रता लिँदै आएका प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा पछाडि परेका छन् ।

जनार्दनलाई उछिन्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता कायम गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा उम्मेदवार शर्माले ७ हजार २७२ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी प्रलोपा उम्मेदवार जनार्दन शर्माले ५ हजार १६० मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले भने ४ हजार ८४२ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार मानबहादुर शाहीले १ हजार २५१ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नन्दराम देवकोटालाई ६२१ मत परेको छ । उम्मेदवारी दर्ता पछि यहाँ एमाले र प्रलोपाले समीकरण गरेका थिए ।

कुल १ लाख ६ हजार ६६० मतदाता रहेको रुकुम पश्चिममा ६२ हजार ९६८ मत खसेको छ ।