भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेता प्रेम सुवाल पराजित भएका छन्। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रूकेश रन्जितले विजय हासिल गरेका हुन्।
पछिल्लो नतिजा अनुसार रन्जितले ३३,४३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने सुवालले २८,१४७ मत ल्याएका छन्। भक्तपुर-१ मा २०४८ सालदेखि लगातार नेमकिपाले जित्दै आएको इतिहास यसपटक भत्किएको छ। रास्वपाले यो क्षेत्रमा पहिलोपटक विजय हासिल गर्दै नेमकिपाको लामो वर्चस्वलाई अन्त्य गरेको छ।
आर्थिकन्यूज