शीर्षकहरू

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर। ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेल निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन ले १ हजार ५२१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १ हजार १३६ मतसहित तेस्रो स्थानमा रहेका छन्।