शीर्षकहरू

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित, विष्णु पौडेल ४२ हजार बढी मतले पराजित

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित, विष्णु पौडेल ४२ हजार बढी मतले पराजित

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित निर्वाचित भएका छन्।

रुपन्देहीको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल लाई पराजित गर्दै खरेल राष्ट्रिय राजनीतिमा नयाँ तर शक्तिशाली अनुहारका रूपमा उदाएका हुन्।

खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी एमालेका पौडेलले १२ हजार ३०२ मत प्राप्त गरे। नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेल ले ९ हजार १६ मत पाए।

खरेलले पौडेललाई ४२ हजार ६२५ मतान्तरले पराजित गरेका हुन्।

पौडेल २०५६ सालदेखि रुपन्देहीमा चुनाव लड्दै आएका थिए। उनले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार चार पटक प्रतिनिधिसभा निर्वाचन जितेका थिए। तर यसपटक भने रास्वपाका युवा उम्मेदवार खरेलले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः जित हात पारे।

रुपन्देही–२ मा यसपटक कुल ८६ हजार ५३० मत खसेको थियो।