शीर्षकहरू

ललितपुर–१ मा उदय शमशेरलाई हराउँदै रास्वपाका बुद्धरत्न महर्जन विजयी

ललितपुर–१ मा उदय शमशेरलाई हराउँदै रास्वपाका बुद्धरत्न महर्जन विजयी

ललितपुर। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम परिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन भारी मतान्तरसहित निर्वाचित भएका छन्।

महर्जनले नेपाली कांग्रेसका नेता उदय शमशेर जबरा लाई ९ हजार ८५३ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

सार्वजनिक नतिजाअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् भने कांग्रेसका जबराले १३ हजार ५२० मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार चेतनाथ संजेल ६ हजार ५४६ मतसहित तेस्रो स्थानमा रहेका छन्।