शीर्षकहरू

रास्वपाको बलियो अग्रता, प्रत्यक्ष र समानुपातिक दुबैमा अन्य दल धेरै कमजोर

रास्वपाको बलियो अग्रता, प्रत्यक्ष र समानुपातिक दुबैमा अन्य दल धेरै कमजोर

काठमाडौं । ताजा मतगणना विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर उल्लेखनीय सफलता हासिल गर्दै अग्रता कायम गरेको छ। रास्वपा अग्रता ८७, जित ३०, कुल ११७ सिट, समानुपातिक मत ३९,४२५ पाएको छ । 

नेपाली कांग्रेस अग्रता ९, जित ५, कुल १४ सिट, समानुपातिक मत ११,७९१, नेकपा एमाले अग्रता ११, जित २, कुल १३ सिट, समानुपातिक मत ६,३०४,नेकपा (माओवादी केन्द्र) अग्रता १०, जित २, कुल १२ सिट, समानुपातिक मत २,५३० मात्र पाएको छ  । त्यस्तै, श्रम संस्कृति पार्टी अग्रता ५, जित –, कुल ५ सिट, समानुपातिक मत १,५१०,राप्रपा अग्रता १, जित –, कुल १ सिट, समानुपातिक मत ५,०२६ पाएको छ । 


रास्वपाले सबैभन्दा बढी अग्रता र जित हासिल गर्दै अन्य दलहरूलाई निकै पछि पारेको देखिन्छ। कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि केही सिटमा सफलता पाए पनि रास्वपाको प्रभावशाली उपस्थिति स्पष्ट देखिएको छ।