रौतहट । रौतहट क्षेत्र नम्बर १ को अन्तिम नतिजा सार्वजनिक भएको छ । जहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा सीमित भएका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का राजेश चौधरी भारी मतान्तरले विजयी भएका छन् । एमालेका अजय गुप्तालाई चौधरीले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् ।
जहाँ चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए भने कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए ।
पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल भने ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।
आर्थिकन्यूज