चितवन । चितवन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मत सहित विजयी भएकी हुन् । उनकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् ।
अर्थात् गौतम ३८ हजार ६६२ मतान्तरले विजयी भएकी हुन् । यस चुनावका यो हालसम्मकै धेरै मतान्तर हो । गौतमले सर्वाधिक मतान्तरले विजयी भइरहादा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।
कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मत ल्याए भने एमाले उम्मेदवार शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् । कुल सदर मतलको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान रहेको छ ।
आर्थिकन्यूज