शीर्षकहरू

तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी

तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी

काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मत अन्तरले हराउँदै वाग्ले विजयी भएका हुन् ।

वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन् भने भट्टराईले १६ हजार २३१ मत पाएका छन् । यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८३० र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३९३ मत ल्याएका छन् ।