काठमाडौं । लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी विजयी भएका छन् । उनी १७ हजार २२ को फराकिलो मतान्तरले विजयी भएका हुन्
जहाँ नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ पराजित भएका पराजित भएका छन् । केसीले ३३ हजार ८९८ मत ल्याउँदा गुरुङले १६ हजार ८७६ मत मात्र ल्याएका छन्। कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत ल्याएका छन् ।
गुरुङ गण्डकी प्रदेशकाे पूर्व मुख्यमन्त्री समेत हुन् । यस्तै, जेनजीकाे प्रदर्शनका बेला उनी संघकाे सञ्चार मन्त्री रहेका थिए ।
यस क्षेत्रमा कुल ७५ हजार ४६० मत खसेकोमा ७३ हजार १० मत सदर भएको थियो ।
आर्थिकन्यूज