शीर्षकहरू

स्याङ्जा-२ : कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा

स्याङ्जा-२ : कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा त्रिपक्षीय भिडन्त देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

दिउँसो ४ बजेसम्मको मतगणना अनुसार कांग्रेसका भगवत प्रकाश मल्ल झिनो मतान्तरले अगाडि बढेका छन् । यस अघिसम्म यस क्षेत्रमा एमालेका खिमबहादुर थापाले लिड गरेका थिए । यस्तै, रास्वपाका झविलाल डुम्रे तेस्रो स्थानमा झरेका छन् । प्रारम्भिक मत गणना गर्दा डुम्रे दोस्रो र कांग्रेस तेस्रो कांग्रसका उम्मेदवार मल्ल तेस्रो स्थानमा थिए ।

४ बजेसम्म यस क्षेत्रको २८ हजार ५०० मत गणना सम्पन्न भएको छ । जहाँ कांग्रेसका मल्लले ९ हजार ५१० मतसहित लिड गरिरहेका छन् । एमालेका थापा ९ हजार ३६९ मतसहित दोस्रो स्थानमा झरेका हुन् । रास्वपाका डुम्रेले ८ हजार ९०७ मत ल्याएका छन् । अर्थात् थापाभन्दा मल्ल १४१ मतले अगाडि छन् । 

यस्तै, नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका पदम बहादुर विकले ४२६ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिदेव थापाले ४५ मत ल्याएका छन् ।