काठमाडौँ । प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएर ललितपुर क्षेत्रनम्बर ३ बाट डा तोसिमा कार्की विजयी भएकी छन् । कार्की ४३ हजार ९६ मतका साथ विजयी भएकी हुन् । कार्कीको प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरेका छन् ।
२०७९ को निर्वाचनमा पनि कार्की यसै क्षेत्रबाट विजयी भएकी थिइन् ।
आर्थिकन्यूज