काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शानदार विजयी हाँसिल गरेका छन् । भर्खरै सकिएको मतगणना अनुसार बालेनले ६६ हजार २ सय ल्याएका छन् । प्रतिनिधि सभा निर्वाचन इतिहासकै सर्वाधिक मत ल्याएर बालेनले जित हासिल गरेका हुन् ।
यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए। बालेनले केपी ओलीकै नाममा रहेको ऐतिहासिक रेकर्ड उनी विरुद्ध नै तोडेका हुन् ।
बालेनले ओलीलाई ४८ हजार १ सय ५ को मतान्तरले हराएका हुन् । केपी शर्मा ओलीले १८ हजार ९५ भोट पाएका छन् । बालेन र ओली दुबै जना आ-आफ्नो पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार हुन् ।
आर्थिकन्यूज