शीर्षकहरू

ओलीले बालेन शाहलाई व्यांग्यात्मक रुपमा बधाई दिए

ओलीले बालेन शाहलाई व्यांग्यात्मक रुपमा बधाई दिए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

भारी मतान्तरले पराजित भएपछि ओलीले शाहलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन्। उनले वर्षौ पुरानो तबला लिएको फोटो राखेर पाँच वर्षे कार्याकाल निर्विघ्न सफल रहोस भनेर बधाई दिएका छन् ।