शीर्षकहरू

ताप्लेजुङ क्षेत्र नम्बर–१ बाट एमालेका क्षितिज थेबे विजयी

ताप्लेजुङ क्षेत्र नम्बर–१ बाट एमालेका क्षितिज थेबे विजयी

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार क्षितिज थेबे ताप्लेजुङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार थेबेले आफ्ना निकटतम प्रतिस्पर्धी गजेन्द्र प्रसाद तुम्याङ लिम्बु (नेपाली कांग्रेस) लाई पछि पार्दै जित हासिल गरेका हुन्।

थेबेले १३ हजार ९६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी गजेन्द्रप्रसाद तुम्याङ लिम्बू (नेपाली कांग्रेस) ले ११ हजार ७११ मत प्राप्त गरेका छन्।

यसैगरी खेलप्रसाद बुढाक्षेत्री (नेपाल कम्युनिस्ट पार्टी) ले ६ हजार ७७५ मत, सन्तोष राई (श्रम संस्कृति पार्टी) ले ५ हजार २०९ मत तथा वीरेन्द्र श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) ले ४ हजार १५५ मत प्राप्त गरेका छन्।

यस जितसँगै क्षितिज थेबे संघीय संसदमा प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका छन्। ताप्लेजुङ यसअघि लामो समयदेखि योगेश भट्टराईको निर्वाचन क्षेत्रका रूपमा चिनिँदै आएको थियो, तर यस पटक एमालेले नयाँ उम्मेदवारका रूपमा थेबेलाई अघि सारेको थियो।