शीर्षकहरू

चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल चितवन निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रप्रसाद बुर्लाकोटी (नेपाली कांग्रेस) ले १३ हजार ३३ मत प्राप्त गरेका छन्।

यसैगरी दावादोर्जे लामा (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले १० हजार ८९९ मत तथा कृष्ण पन्त (नेपाल कम्युनिष्ट पार्टी (नेकपा)) ले ४ हजार ८१ मत प्राप्त गरेका छन्।

हरि ढकाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

चितवन–१ मा १ लाख ४९ हजार ६४१ मतदाता रहेकामा ९६ हजार १५४ मत खसेको थियो।