शीर्षकहरू

मोरङ-१ मा यज्ञमणि न्यौपाने विजयी

मोरङ-१ मा यज्ञमणि न्यौपाने विजयी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने मोरङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी शान्ति पाख्रिन लामा (श्रम संस्कृति पार्टी) ले १७ हजार ५२२ मत प्राप्त गरेकी छन्।

यसैगरी खड्गबहादुर फागो (नेपाली कांग्रेस) ले ११ हजार ९८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।

त्यस्तै घनश्याम खतिवडा (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले ९ हजार ८२३ मत र कुलप्रसाद साम्बा (नेपाल कम्युनिस्ट पार्टी (नेकपा)) ले २ हजार २२४ मत प्राप्त गरेका छन्।