शीर्षकहरू

टी-२० विश्वकपको फाइनलमा भारत र न्युजिल्यान्ड भिड्दै, कसले जित्ला उपाधि ?

टी-२० विश्वकपको फाइनलमा भारत र न्युजिल्यान्ड भिड्दै, कसले जित्ला उपाधि ?

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार भारत राष्ट्रिय क्रिकेट टोली र न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोली भिड्दै छन्।

फाइनल खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम मा साँझ ७ः१५ बजे सुरु हुनेछ। घरेलु मैदानमा फाइनल खेल्दै गरेको भारत ऐतिहासिक उपलब्धि हात पार्ने लक्ष्यमा छ।

भारतले फाइनलमा जित निकाले टी–२० विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्नेछ। साथै तीन पटक टी–२० विश्वकप जित्ने पहिलो टोली बन्ने कीर्तिमान पनि भारतले कायम गर्न सक्छ।

सन् २००७ मा सुरु भएको टी–२० विश्वकपको इतिहासमा हालसम्म वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली, इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली र भारतले समान दुई–दुई पटक उपाधि जितेका छन्। भारतले सन् २००७ र २०२४ मा उपाधि जितेको थियो भने इङ्ग्ल्यान्डले २०१० र २०२२ तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा उपाधि जितेका थिए।

त्यस्तै पाकिस्तान राष्ट्रिय क्रिकेट टोली ले २००९, श्रीलंका राष्ट्रिय क्रिकेट टोली ले २०१४ र अष्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली ले २०२१ मा टी–२० विश्वकप जितेका थिए।

भारतले दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई ७ रनले हराउँदै फाइनल यात्रा तय गरेको हो। न्युजिल्यान्डले भने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

न्युजिल्यान्ड भने पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने लक्ष्यमा छ। यसअघि २०२१ मा न्युजिल्यान्ड फाइनल पुगे पनि अष्ट्रेलियासँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो।

यसपटक भने भारतलाई उसकै घरेलु मैदानमा चुनौती दिँदै ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित न्युजिल्यान्ड मैदान उत्रनेछ।