काठमाडौं । प्रविधि कम्पनी सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २६ सिरिज नेपालमा अग्रिम अर्डरका लागि उपलब्ध गराएको छ। कम्पनीका अनुसार ग्यालेक्सी एस २६ अल्ट्रा, ग्यालेक्सी एस २६ प्लस र ग्यालेक्सी एस २६ मोडेलहरू २०८२ फागुन २४ गतेदेखि २०८२ चैत ५ गतेसम्म (वा स्टक उपलब्ध नभएसम्म) अग्रिम अर्डर गर्न सकिनेछ।
सामग्री निर्माणदेखि दैनिक प्रयोगसम्म, ग्यालेक्सी एस २६ सिरिजले प्रयोगकर्तालाई जटिल प्राविधिक प्रक्रियाभन्दा नतिजामा ध्यान केन्द्रित गर्न सहयोग गर्ने कम्पनीको दाबी छ। नयाँ सिरिजमा समावेश गरिएको उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिले प्रयोगकर्ताको अनुभवलाई अझ सहज र प्रभावकारी बनाउने बताइएको छ।
सामसङ नेपालका वरिष्ठ निर्देशक तथा एमएक्स प्रमुख प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी निर्माण गरिएको छ। उनले भने, “ग्यालेक्सी एस २६ सिरिजले एजेन्टिक कृत्रिम बुद्धिमत्तामार्फत सामसङका लागि नयाँ दिशा संकेत गर्छ। यो बुद्धिमान प्रविधिले दैनिक कामहरू सहज रूपमा व्यवस्थापन गर्छ, जसले प्रयोगकर्तालाई साँच्चै महत्वपूर्ण कुराहरू-जस्तै परिवारसँग समय बिताउने, उत्पादकत्व बढाउने र दैनिक क्षणहरूको आनन्द लिन-मा ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ।”
उनका अनुसार कम्पनीले २४ महिनासम्मको किस्ता सुविधा समेत सुरु गरेको छ। यस सुविधाले ग्राहकहरूलाई सामसङका उन्नत फ्ल्यागशिप प्रविधिहरू अझ सहज रूपमा प्राप्त गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ।
आर्थिकन्यूज