शीर्षकहरू

शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि बजार स्थगित

शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि बजार स्थगित

काठमाडौं । आज सोमबार शेयरबजार खुलेको एक मिनेट मै पोजेटिभ सर्किट लागेको पछि बजार २० मिनेटका लागि बन्द भयो । २० मिनेट पछि खुलेको १ मिनट नै दोस्रो सर्किट ब्रेक लाग्यो । अर्थात् ५ प्रतिशले बढ्यो । यससँगै बजार थप ४० मिनेटका लागि बन्द भएको छ । 

यस अघि प्रि ओपन सेसन मै नेप्से सूचक ४४।६३ अंकले बढेको थियो। नियमित सेसनमा १३५ अंकले बजार बढेर दोस्रो सर्किट लागेको हो ।

बजार सुरु भएको पहिलो घण्टा भित्रमा शेयर बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेट सर्किट ब्रेक लाग्ने व्यवस्था छ । यस्तै, २० मनिटपछि खुलेको २ घन्टाभित्र ५ प्रतिशतले बजार बढेरमा दोस्रो सर्किट लाग्ने र ४० मिनेट बजार स्थागित हुने व्यवस्था छ । थप ४० मनेट पछि खुलेको बजारमा तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढ्यो भने त्यस दिनका लागि बजार बन्द हुनेछ ।