काठमाडौं । सिरहा-१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ।
सोमबार एक विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनामाथि कारबाहीका लागि सिफारिस क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए । उनले उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको बताए ।
महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, नेपाल थारू संघका जिल्ला अध्यक्ष अजय चौधरी, क्षेत्रीय सहसचिव मुकेश महतो र क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्तामाथि कारबाहीका लागि सिफारिस गरिएको छ ।
यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष आनन्द चौधरी, जिल्ला सदस्य रामगणेश दास, महाधिवेशन प्रतिनिधि गौरी चौधरी, लहान–१० का बुथ सभापति अम्बराज मिश्र, लहान–२० का बुथ सभापति विनोद साह तथा क्षेत्रीय सदस्य गोपालकृष्ण यादवलाई कारबाहीको सिफारिस गरिएको हो ।
आर्थिकन्यूज