काठमाडौं । ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व सफलता हासिल गर्दै सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। रास्वपाले प्रत्यक्ष तर्फ १२५ सिट जितेको छ भने समानुपातिक तर्फ एक करोड दुई लाख मत गणना हुँदा ४,९३२,२७८ (४८.०८ प्रतिशत मत पाएको छ ।
त्यस्तै, नेपाली कांग्रेस १८ सिट, समानुपातिक मत १,६६८,९७८ (१६.२७ प्रतिशत), नेकपा एमाले ९ सिट, समानुपातिक मत १,३८६,४३१ (१३.५१ प्रतिशत),नेकपा (माओवादी केन्द्र) ७ सिट, समानुपातिक मत ७४९,३६६ (७.३० प्रतिशत), श्रम संस्कृति पार्टी ३ सिट, समानुपातिक मत ३४६,७९६ (३.३८ प्रतिशत), राप्रपा १ सिट, समानुपातिक मत ३२२,०४० (३.१४ प्रतिशत), जसपा, नेपाल सिट छैन, समानुपातिक मत १,६८,५३७ (१.६४ प्रतिशत) मत पाएको छ ।
त्यस्तै, रापपा सिट छैन, समानुपातिक मत १,६४,७३२ (१.६१ प्रतिशत), जनमत पार्टी सिट छैन, समानुपातिक मत ७५,३१३ (०.७३ प्रतिशत) मत पाएको छ ।
रास्वपाले करिब आधा मत प्राप्त गर्दै स्पष्ट बहुमत हासिल गरेको छ। कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि केही सिट जितेका छन् तर रास्वपाको प्रभावशाली उपस्थिति अन्य दलहरूलाई निकै पछि पार्ने देखिन्छ।
आर्थिकन्यूज