एजेन्सी । ईरानविरुद्ध सुरु भएको अमेरिका–इजरायलको युद्धले दक्षिण एशियामा गहिरो असर पारेको छ। तेल आपूर्ति प्रभावित भएपछि पाकिस्तान र बंगलादेश दुबै मुलुकमा ऊर्जा संकट चुलिएको छ।
प्रधानमन्त्री शहबाज शरीफले ९ मार्च सोमबार तेल बचत गर्न कडा कदम घोषणा गरे। सरकारले गत शुक्रबार पेट्रोलको मूल्य करिब २० प्रतिशत बढाएको थियो। मूल्यवृद्धिपछि पेट्रोल पम्पमा लामो लाइन देखियो। सरकारले विद्यालयहरू दुई हप्ताका लागि बन्द गर्ने निर्णय गर्यो। शरीफले चेतावनी दिए “ऊर्जा संकट अब नयाँ संकटमा रूपान्तरण भएको छ।”
अन्तर्राष्ट्रिय बजारमा सोमबार तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको छ। यो २०२२ मा रुसले युक्रेनमाथि ठूलो आक्रमण गरेपछि पहिलो पटक तेल यति महँगो भएको हो। ईरानले प्रतिघातस्वरूप खाडी मुलुकहरूमा आक्रमण गरेपछि संकट अझ गहिरिएको छ। त्यस्तै, बंगलादेशले आइतबारदेखि इन्धन रासनिङ सुरु गरेको छ। देशले आफ्नो तेल तथा ग्यासको ९५ प्रतिशत आयात गर्छ।
आर्थिकन्यूज