शीर्षकहरू

१६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँबाट जिते ?

१६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँबाट जिते ?

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै सिट जित्दै पहिलो दल बनेको छ।

हालसम्मको अन्तिम मतपरिणामअनुसार रास्वपाले १२५ सिट जितेको छ। नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले ९ सिटसहित तेस्रो बनेको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७ सिट जितेको छ। श्रम संस्कृति पार्टीले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सिट हासिल गरेको छ। स्वतन्त्र उम्मेदवारतर्फ १ जनाले विजय हासिल गरेका छन्।

प्रदेशगत रूपमा रास्वपाले देशका अधिकांश क्षेत्रमा प्रभावशाली प्रदर्शन गरेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार विजयी भएका छन्। काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्र पनि रास्वपाले जितेको छ।

नेपाली कांग्रेसले भने हिमाली तथा केही पहाडी जिल्लामा सिट सुरक्षित गरेको छ। कांग्रेसले पाँचथर, इलाम, तेह्रथुम, सोलुखुम्बु लगायतका क्षेत्रबाट विजय हासिल गरेको छ। त्यस्तै मनाङ, मुस्ताङ, पाल्पा, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, अछाम र डोटीमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेकपा एमालेले ताप्लेजुङ, इलाम–२, धनकुटा, संखुवासभा, बाँके–२, दैलेख–२, अछाम–२, बझाङ र दार्चुलाबाट विजय हात पारेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–२, रुकुम पूर्व, रोल्पा, सल्यान, डोल्पा, कालिकोट र रुकुम पश्चिमबाट सात सिट जितेको छ। श्रम संस्कृति पार्टीले भोजपुर, सुनसरी–१ र खोटाङबाट तीन सिट जितेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लाबाट एक सिट जितेको छ। राप्रपाका ज्ञानबहादुर शाहीले जुम्लाबाट विजय हासिल गरेका हुन्।

स्वतन्त्र उम्मेदवारतर्फ गण्डकी प्रदेशको म्याग्दी–१ बाट महावीर पुन विजयी भएका छन्। उनलाई रास्वपाले समर्थन गरेको थियो।

यता धनुषा–१ को परिणाम भने अझै विवादित रहेको छ। रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि मुद्दा अदालतमा विचाराधीन छ। यद्यपि निर्वाचन आयोगले नेकपाका मात्रिका यादवलाई प्रमाणपत्र दिएको छ। यस क्षेत्रको अन्तिम नतिजा अदालतको निर्णयपछि मात्रै टुंगो लाग्नेछ।

यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा थिए। प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ सिट र समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन भएको हो।

समानुपातिकतर्फको मतगणना भने अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

रास्वपा बाट निर्वाचित १२५ सांसद

कोशी प्रदेश (१७)

झापा–१ — निशा डाँगी

झापा–२ — इन्दिरा राना मगर

झापा–३ — प्रकाश पाठक

झापा–४ — शम्भु प्रसाद ढकाल

झापा–५ — बालेन्द्र शाह

मोरङ–१ — यज्ञमणि न्यौपाने

मोरङ–२ — कृष्ण कुमार कार्की

मोरङ–३ — गणेश कार्की

मोरङ–४ — सन्तोष राजवंशी

मोरङ–५ — आशा झा

मोरङ–६ — रुबिना आचार्य

सुनसरी–२ — लालबिक्रम थापा

सुनसरी–३ — अशोक कुमार चौधरी

सुनसरी–४ — दीपक कुमार साह

ओखलढुंगा–१ — विश्वराज पोखरेल

उदयपुर–१ — पारसमणि गेलाल

उदयपुर–२ — सूर्यबहादुर तामाङ

मधेश प्रदेश

सप्तरी–१ — पुष्पा कुमारी चौधरी

सप्तरी–२ — रामजी यादव

सप्तरी–३ — अमर कान्त चौधरी

सप्तरी–४ — सिताराम साह

सिराहा–१ — बब्लु गुप्ता

सिराहा–२ — शिवशंकर यादव

सिराहा–३ — शम्भु कुमार यादव

सिराहा–४ — तपेश्वर यादव

धनुषा–२ — रामविनोद यादव

धनुषा–३ — मनिष झा

धनुषा–४ — राजकिशोर महतो

महोत्तरी–२ — दीपक कुमार साह

महोत्तरी–३ — उज्वल कुमार झा

महोत्तरी–४ — गौरी कुमारी

सर्लाही–१ — नितिमा भण्डारी कार्की

सर्लाही–२ — रबिन महतो

सर्लाही–३ — नरेन्द्र साह कलवार

सर्लाही–४ — अमरेश कुमार सिंह

रौतहट–१ — राजेश कुमार चौधरी

रौतहट–३ — रविन्द्र पटेल

रौतहट–४ — गणेश पौडेल

बारा–१ — गणेश धिमाल

बारा–२ — चन्दन कुमार सिंह

बारा–३ — अरबिन्द साह

बारा–४ — रहवर अन्सारी

पर्सा–१ — बुद्धि प्रसाद पन्त

पर्सा–२ — सुशील कुमार कानु

पर्सा–३ — रामाकान्त प्रसाद चौरसिया

पर्सा–४ — टेकबहादुर शाक्य

बागमती प्रदेश

दोलखा–१ — जगदीश खरेल

रामेछाप–१ — कृष्णहरी बुढाथोकी

सिन्धुली–१ — धनेन्द्र कार्की

सिन्धुली–२ — आशिष गजुरेल

धादिङ–१ — आशिका तामाङ

धादिङ–२ — बोधनारायण श्रेष्ठ

नुवाकोट–१ — विक्रम तिमिल्सिना

नुवाकोट–२ — अचुत्तम लामिछाने

काठमाडौं–१ — रन्जु न्यौपाने

काठमाडौं–२ — सुनिल केसी

काठमाडौं–३ — राजुनाथ पाण्डे

काठमाडौं–४ — पुकार बम

काठमाडौं–५ — सस्मित पोखरेल

काठमाडौं–६ — शिशिर खनाल

काठमाडौं–७ — गणेश पराजुली

काठमाडौं–८ — विराजभक्त श्रेष्ठ

काठमाडौं–९ — डोलप्रसाद अर्याल

काठमाडौं–१० — प्रदीप विष्ट

भक्तपुर–१ — रुकेश रञ्जित

भक्तपुर–२ — राजीव खत्री

ललितपुर–१ — बुद्धरत्न महर्जन

ललितपुर–२ — जगदीश खरेल

ललितपुर–३ — तोसिमा कार्की

काभ्रे–१ — मधु कुमार चौलागाईं

काभ्रे–२ — बदन कुमार भण्डारी

सिन्धुपाल्चोक–१ — भरत प्रसाद पराजुली

मकवानपुर–१ — प्रकाश गौतम

मकवानपुर–२ — प्रशान्त उप्रेती

चितवन–१ — हरि ढकाल

चितवन–२ — रवि लामिछाने

चितवन–३ — सोविता गौतम

गण्डकी प्रदेश

गोरखा–१ — सुधन गुरुङ

गोरखा–२ — कवीन्द्र बुर्लाकोटी

लमजुङ–१ — धर्मराज केसी

कास्की–१ — खडकराज पौडेल

कास्की–२ — उत्तम प्रसाद पौडेल

कास्की–३ — बिना गुरुङ

तनहुँ–१ — स्वर्णिम वाग्ले

तनहुँ–२ — श्रीराम न्यौपाने

स्याङ्जा–२ — झविलाल डुम्रे

नवलपरासी पूर्व–१ — राजन गौतम

नवलपरासी पूर्व–२ — सुशील खड्का

बाग्लुङ–२ — सोम शर्मा

पर्वत–१ — सागर भुसाल

लुम्बिनी प्रदेश

गुल्मी–१ — सागर ढकाल

गुल्मी–२ — गोविन्द पन्थी

पाल्पा–२ — माधव बहादुर थापा

अर्घाखाँची–१ — हरिप्रसाद भुसाल

रुपन्देही–१ — सुनिल लम्साल

रुपन्देही–२ — सुलभ खरेल

रुपन्देही–३ — डा. लेखजंग थापा

रुपन्देही–४ — कन्हैया बनिया

रुपन्देही–५ — तौफिक अहमद खान

कपिलवस्तु–१ — मोहनलाल आचार्य

कपिलवस्तु–२ — विक्रम थापा

प्युठान–१ — सुशान्त वैदिक

दाङ–१ — देवराज पाठक

दाङ–२ — विपिन कुमार आचार्य

दाङ–३ — कमल सुवेदी

बाँके–१ — सुरेश कुमार चौधरी

बाँके–३ — खगेन्द्र सुनार

बर्दिया–१ — ठाकुर सिंह थारु

बर्दिया–२ — श्रीधर पोख्रेल

नवलपरासी पश्चिम–१ — विक्रम खनाल

नवलपरासी पश्चिम–२ — नरेन्द्र कुमार गुप्ता

कर्णाली प्रदेश

सुर्खेत–२ — रमेश कुमार सापकोटा

सुदूरपश्चिम प्रदेश

कैलाली–१ — कोमल ज्ञवाली

कैलाली–२ — केपी खनाल

कैलाली–३ — जगतप्रसाद जोशी

कैलाली–४ — खेमराज कोइराला

कैलाली–५ — आनन्द बहादुर चन्द

बैतडी–१ — हरिमोहन भण्डारी

डडेल्धुरा–१ — ताराप्रसाद जोशी

कञ्चनपुर–१ — जनकसिंह धामी

कञ्चनपुर–२ — दीपकराज बोहरा

कञ्चनपुर–३ — ज्ञानेन्द्र सिंह महता

नेपाली कांग्रेसबाट निर्वाचित १८ सांसद
कोशी प्रदेश

पाँचथर–१ — नरेन्द्र कुमार केरुङ

इलाम–१ — निश्कल राई

तेह्रथुम–१ — सन्तोष सुब्बा

सोलुखुम्बु–१ — प्रकाश सिंह कार्की

मधेश प्रदेश

रौतहट–२ — मो. फिरदोश आलम

बागमती प्रदेश

रसुवा–१ — मोहन आचार्य

गण्डकी प्रदेश

मनाङ–१ — टेकबहादुर गुरुङ

मुस्ताङ–१ — योगेश गौचन थकाली

लुम्बिनी प्रदेश

पाल्पा–१ — सन्दीप राना

कपिलवस्तु–३ — अभिषेक प्रताप शाह

कर्णाली प्रदेश

मुगु–१ — खड्ग शाही

हुम्ला–१ — जयपति रोकाया

जाजरकोट–१ — खडक बहादुर बुढा

दैलेख–१ — बासना थापा

सुर्खेत–१ — विष्णु बहादुर खड्का

सुदूरपश्चिम प्रदेश

बाजुरा–१ — जनकराज गिरी

अछाम–१ — भरत कुमार स्वार

डोटी–१ — भरतबहादुर खड्का

नेकपा एमालेबाट निर्वाचित ९ सांसद

कोशी प्रदेश

ताप्लेजुङ–१ — क्षितिज थेवे

इलाम–२ — सुहाङ नेम्बाङ

धनकुटा–१ — राजेन्द्र कुमार राई

संखुवासभा–१ — अर्जुन कुमार कार्की

लुम्बिनी प्रदेश

बाँके–२ — मोहम्मद इश्तियाक राई

कर्णाली प्रदेश

दैलेख–२ — लक्ष्मी प्रसाद पोखरेल

सुदूरपश्चिम प्रदेश

अछाम–२ — यज्ञबहादुर बोगटी

बझाङ–१ — ऐनबहादुर महर

दार्चुला–१ — गणेश सिंह ठगुन्ना

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित ७ सांसद

बागमती प्रदेश

सिन्धुपाल्चोक–२ — युवराज दुलाल

लुम्बिनी प्रदेश

रुकुम पूर्व–१ — पुष्पकमल दाहाल ‘प्रचण्ड’

रोल्पा–१ — वर्षमान पुन

कर्णाली प्रदेश

सल्यान–१ — रमेश कुमार मल्ल

डोल्पा–१ — धनबहादुर बुढा

कालिकोट–१ — महेन्द्र बहादुर शाही

लुम्बिनी प्रदेश

रुकुम पश्चिम–१ — गोपाल शर्मा

श्रम संस्कृति पार्टीबाट निर्वाचित ३ सांसद (कोशी प्रदेश)

भोजपुर–१ — ध्रुवराज राई

सुनसरी–१ — हर्कराज राई

खोटाङ–१ — आरेन राई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित १ सांसद

जुम्ला–१ — ज्ञानबहादुर शाही

स्वतन्त्रबाट निर्वाचित १ सांसद

म्याग्दी–१ — महावीर पुन