शीर्षकहरू

३८ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

३८ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ३ हजार ८०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो सोमबार ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार ३ लाख १७ हजार रुपैयाँ पुगेको छ । 

यस्तै, चाँदीको मूल्य तोलाको ३१० रूपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ कायम भएको छ ।