शीर्षकहरू

हिमालयन पावर पार्टनरलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

हिमालयन पावर पार्टनरलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडौँ। हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई फागुन २५ गते हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

स्वीकृतिअनुसार कम्पनीले १ः०.५ अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमइ क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हकप्रद सेयर निष्कासनमार्फत जुटाइने रकम कम्पनीले आफ्नो वित्तीय अवस्था सुदृढ बनाउन तथा परियोजनासम्बन्धी दायित्व व्यवस्थापनमा प्रयोग गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले हकप्रद सेयर निष्कासनसम्बन्धी थप प्रक्रिया तथा मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ।