काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ११ बजेसम्म १ करोड ४ लाख २४ हजार ५२७ मत गणना भइसकेको छ।
ताजा परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५० लाख ३ हजार १६८ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम राखेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख ९३ हजार ०९१ मत प्राप्त गरेको छ भने नेकपा एमाले तेस्रो स्थानमा १४ लाख ११ हजार ८६३ मत सहित रहेको छ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी ले ७ लाख ६७ हजार ६२१ मत पाएको छ। त्यस्तै श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४१७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २४ हजार ९०९ मत प्राप्त गरेका छन्।
अन्य दलहरूको मत परिणाम यसप्रकार छ:
जनता समाजवादी पार्टी, नेपाल – १ लाख ७१ हजार ६९७
राष्ट्रिय परिवर्तन पार्टी – १ लाख ६६ हजार ४४७
जनमत पार्टी – ७६ हजार ५४२
चकिया (जाँतो) चुनाव चिह्न गठबन्धन – ६० हजार ७१९
नेपाल मजदुर किसान पार्टी – ४१ हजार ९६४
राष्ट्र निर्माण दल नेपाल – ३७ हजार ९४८
राष्ट्रिय जनमोर्चा – २९ हजार २६८
बस चुनाव चिह्न गठबन्धन – २७ हजार ८२१
नेपाल जनता संरक्षण पार्टी – २७ हजार २२४
प्रगतिशील लोकतान्त्रिक पार्टी – २३ हजार ८३६
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – २३ हजार ४५५
मंगोल नेसनल अर्गनाइजेसन – १९ हजार ८७१
सार्वभौम नागरिक पार्टी – १४ हजार ३६७
मोबाइल चुनाव चिह्न गठबन्धन – १२ हजार ७२३
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – १० हजार ९६
संयुक्त नागरिक पार्टी – ८ हजार ५५७
स्वाभिमान पार्टी – ७ हजार २९३
नेपाल जनता पार्टी – ७ हजार ४
निर्वाचन आयोगका अनुसार मतगणना जारी रहेकाले समानुपातिकतर्फको अन्तिम परिणाम आउन अझ केही समय लाग्नेछ।
आर्थिकन्यूज