शीर्षकहरू

समानुपातिकमा रास्वपा एक्लैको साढे ५० लाख मत, कांग्रेस-एमालेबीच दोस्रो स्थानको प्रतिस्पर्धा

समानुपातिकमा रास्वपा एक्लैको साढे ५० लाख मत, कांग्रेस-एमालेबीच दोस्रो स्थानको प्रतिस्पर्धा

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो अग्रतामा देखिएको छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट विवरणअनुसार हालसम्म १ करोड ५ लाख ३८ हजार २३ मत गणना भइसकेको छ।

प्राप्त विवरणअनुसार रास्वपाले ५० लाख ४९ हजार ७५१ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १७ लाख १२ हजार ९३ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १४ लाख २९ हजार ५९१ मत पाएको छ।

यस्तै, चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ७ लाख ७८ हजार ७२१ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी ले ३ लाख ६७ हजार ३९ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २६ हजार ९९१ मत प्राप्त गरेको छ।

त्यसैगरी जनता समाजवादी पार्टी, नेपाल ले १ लाख ७३ हजार ७८ मत, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ६७ हजार ४१४ मत र जनमत पार्टी ले ७७ हजार ९६४ मत प्राप्त गरेका छन्।

अन्य दलहरू भने तुलनात्मक रूपमा कम मतसहित प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगका अनुसार यो विवरण देशभरका मतगणना केन्द्रबाट प्रणालीमा प्रविष्ट भएको तथ्यांकका आधारमा तयार गरिएको एकीकृत विवरण हो, जसमा गणना अघि बढेसँगै परिवर्तन हुन सक्ने जनाएको छ।