काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ। हालसम्म १ करोड ५ लाख २७ हजार ६०६ मत गणना हुँदा रास्वपाले ५० लाख ४५ हजार २१९ मत प्राप्त गरेको छ। यससँगै रास्वपाले समानुपातिकतर्फ ५७ सिट सुरक्षित गरेको छ।
रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको छ। प्रतिनिधि सभामा दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपाले अझै दुई सिट प्राप्त गर्नुपर्ने देखिन्छ। तर पछिल्लो मत परिणामअनुसार रास्वपाले दुईतिहाइ बहुमतका लागि आवश्यक दुई सिट जुटाउन कठिन हुने संकेत देखिएको छ।
नेपाली कांग्रेसले भने १७ लाख १९ हजार ६४१ मत प्राप्त गरेको छ। मतका आधारमा नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट सुरक्षित गरेको छ भने प्रत्यक्षतर्फ १८ सिट जितेको छ।
नेकपा (एमाले) ले १४ लाख २८ हजार ५७० मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७७ हजार ३५९ मत प्राप्त गरेको छ। यी दुई पार्टीले समानुपातिकतर्फ क्रमशः १६ र ९ सिट सुरक्षित गरेका छन्। प्रत्यक्षतर्फ भने उनीहरूले क्रमशः ९ र ८ सिट जितेका छन्।
श्रम संस्कृति पार्टीले ३ लाख ६६ हजार ९७६ मत प्राप्त गर्दै समानुपातिकतर्फ ४ सिट सुरक्षित गरेको छ भने प्रत्यक्षतर्फ ३ सिट जितेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजार ८१७ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने उक्त पार्टीले १ सिट जितेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा महाविर पुन विजयी भएका छन्।
अन्य दलहरूको मत विवरणअनुसार जनता समाजवादी पार्टी नेपालले १ लाख ७३ हजार ७६ मत, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६७ हजार ४०९ मत, जनमत पार्टीले ७७ हजार ९५४ मत, राष्ट्रिय मुक्ति पार्टी नेपालले ६१ हजार ३४ मत, नेपाल मजदुर किसान पार्टीले ४२ हजार ९२ मत, राष्ट्र निर्माण दल नेपालले ३८ हजार १०८ मत, राष्ट्रिय जनमोर्चाले २९ हजार ३३१ मत, नेपाल संघीय समाजवादी पार्टीले २७ हजार ९३० मत, नेपाल जनता संरक्षण पार्टीले २७ हजार ५०३ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीले २३ हजार ९०५ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २३ हजार ५६२, मंगोल नेशनल अर्गनाइजेसनले २० हजार २९, सार्वभौम नागरिक पार्टीले १४ हजार ४८८, आम जनता पार्टीले १२ हजार ७७३, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार २२१, संयुक्त नागरिक पार्टीले ८ हजार ७३२ र नेपाल जनता पार्टीले ७ हजार ५२ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले ६ हजार ९६८, राष्ट्रिय एकता दलले ६ हजार ९१०, नेकपा (माले) ले ५ हजार ९५०, नेपाल कम्युनिष्ट पार्टीले ५ हजार ९१०, नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल) ले ५ हजार ९१०, नेशनल रिपब्लिक नेपालले ५ हजार ३४, नेपालका लागि नेपाली पार्टीले ४ हजार ८७५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ५८४ र नेपाल कम्युनिष्ट पार्टीले ४ हजार ४२० मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय उर्जाशील पार्टी नेपालले ४ हजार २५२, समावेशी समाजवादी पार्टीले ४ हजार १७०, गतिशील लोकतान्त्रिक पार्टीले ४ हजार ४८, नेपाल लोकतान्त्रिक पार्टीले ३ हजार ८८९, नेपाल मातृभूमि पार्टीले ३ हजार ३२८, राष्ट्रिय जनता पार्टी नेपालले २ हजार ८४५, स्वाभिमानी पार्टीले २ हजार ७५४, जय मातृभूमि पार्टीले २ हजार ७३२ र बहुजन शक्ति पार्टीले २ हजार ६८१ मत प्राप्त गरेका छन्।
नेपाल जनमुक्ति पार्टीले २ हजार १९१, प्रजातान्त्रिक पार्टी नेपालले २ हजार १२३, जनअधिकार पार्टीले १ हजार ९९४, नेपाल सद्धावना पार्टीले १ हजार ९२७, पिपुल फस्ट पार्टीले १ हजार ७२०, नेपाल जनश्रमदान संस्कृति पार्टीले १ हजार ५३६, नेपाल जनता दलले १ हजार ४०२, समावेशी समाजवादी पार्टीले १ हजार ३२६ र जनता लोकतान्त्रिक पार्टी नेपालले १ हजार २६८ मत प्राप्त गरेका छन्।
यसैगरी नागरिक सर्वोच्चता पार्टी नेपालले १ हजार १०३, त्रिमूल नेपालले ७४८ र मितेरी पार्टी नेपालले ५६२ मत प्राप्त गरेका छन्।
आर्थिकन्यूज