शीर्षकहरू

मिचेललाई बलले हानेको विषयमा आईसीसीले अर्शदीपलाई गर्यो कारबाही

मिचेललाई बलले हानेको विषयमा आईसीसीले अर्शदीपलाई गर्यो कारबाही

भारत । आईसीसीले भारतका पेसर बलर अर्शदीप सिंहलाई कारबाही गरेको छ। आईसीसी (ICC) पुरुष टी २० (T20) विश्वकप फाइनल खेलमा अर्शदीपले न्यूजिल्याण्डका ब्याट्सम्यान ड्यारिल मिचेलर्फ बल हानेको विषयलाई लिएर उनलाई जरिवाना तिराइएको हो।

मिचेलतर्फ बल हानेको आरोपमा अर्शदीपलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ। साथै, उनको अनुशासनिक रेकर्डमा एक डिमेरिट पोइन्ट पनि थपिएको छ।

आईसीसीका अनुसार, अर्शदीपले कोड अफ कन्डक्ट आर्टिकल २.९ उल्लंघन गरेका छन्। यो आर्टिकल अन्तर्राष्ट्रिय खेलको क्रममा कुनै पनि खेलाडी वा क्रिकेट उपकरणलाई अनुपयुक्त वा खतरनाक तरिकाले फ्याँक्ने सम्बन्धी हो।

उक्त घटना न्यूजिल्याण्डको इनिङ्सको ११औँ ओभरमा भएको थियो, जब अर्शदीपले बललाई फील्ड गर्दै आक्रामक तरिकाले फ्याँकेका थिए। यसरी फ्याँक्दा मिचेलतर्फ बल लागेको थियो।

सो खेलमा भारतले न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै तेस्रो T20 विश्वकप उपाधि जित्ने पहिलो टीम बन्यो। “मेन इन ब्लु” ले लगातार उपाधि रक्षा गर्दै घरमै विश्वकप जित्ने पहिलो टीमको पनि कीर्तिमान कायम गरे।

अर्शदीपले आईसीसी एलाइट प्यानल अफ म्याच रेफ्री एन्डी पाइक्रोफ्ट द्वारा प्रस्तावित दण्ड स्वीकार गरेका छन्, जसले औपचारिक सुनुवाइको आवश्यकता हटाएको छ।

यो आरोप अन-फिल्ड अंपायरहरू रिचर्ड इलिङवर्थ र एलेक्स वार्फ, थर्ड अंपायर अल्लाहुद्दिन पालेकर र चौथो अंपायर एड्रियन होल्डस्टक द्वारा लगाइएको थियो।

लेवल १ उल्लंघनमा न्यूनतम दण्ड आधिकारिक चेतावनी, अधिकतम म्याच फीको ५० प्रतिशत जरिवाना, र एक वा दुई डिमेरिट पोइन्ट लगाउन सकिन्छ।