शीर्षकहरू

रूपन्देही दुईका उम्मेदवार चुन्न प्रसाद पौडेलको चुनावी खर्च २४ लाख ४३ हजार ८२३

रूपन्देही दुईका उम्मेदवार चुन्न प्रसाद पौडेलको चुनावी खर्च २४ लाख ४३ हजार ८२३

काठमाडौं । रूपन्देही क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्। उनले २४ लाख ४३ हजार ८२३ रूपैयाँ खर्च भएको जानकारी दिँदै मंगलबार निर्वाचन आयोगमा विवरण बुझाएका हुन्।  

मसलन्द, छपाइ र प्रिन्टिङ ९ लाख २१ हजार ७४०, खाना, नास्ता, चियापान ५ लाख ४५ हजार ६८९, बिजुली साउन्ड सिस्टम  २ लाख ७४ हजार ७२०  
अफिस, प्रचार प्रसार, भाडा २ लाख ४० हजार , सवारीसाधन तथा इन्धन १ लाख ७९ हजार ८९४ , गाडी भाडा १ लाख ५० हजार ,मञ्च व्यवस्थापन, कुर्ची, टेन्ट १ लाख ३१ हजार ७८०  रहेको निर्वाचन कार्यालयलाई बुझाएको रिपोर्टमा उल्लेख छ ।