काठमाडौं । आज बुधबार सुनको भाउ बढ्दा चाँदीको भाने स्थिर रहेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो मंगलबार तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ३ लाख १९ हजार पुगेको छ ।
चाँदीको मूल्य भने ५ हजार ७२० रुपैयाँमा स्थिर छ ।
आर्थिकन्यूज