शीर्षकहरू

भारतमा बढ्यो ग्यासको मूल्य, महँगीयाे भान्सा

भारतमा बढ्यो ग्यासको मूल्य, महँगीयाे भान्सा

काठमाडाैं । भारतमा खाना पकाउने ग्यास (एलपीजी) को मूल्य ह्वात्तै बढेकाे छ । जसकाे असर भान्सादेखि होटल तथा सडकका साना खानापसल समेतलाई परेकाे छ ।

ग्यासको मूल्य करिब ६० रूपैयाँसम्मले बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसकाे असर असर दैनिक जीवनमा देखिन थालेको बताइएको छ। पछिल्लो समयमा १४.२ केजी घरेलु एलपीजी सिलिन्डरको मूल्य बढेर दिल्लीमा ९१३ भारू पुगेको छ । यस अघि ८५३  भारू थियाे । 

ग्यास महँगिएपछि घरपरिवारको भान्सामा समेत खर्च बढेको छ। खाना पकाउन प्रयोग हुने एलपीजी महँगो हुँदा दैनिक खाना बनाउने खर्च बढेको भन्दै धेरै परिवार चिन्तित भएका छन्। यसले घरायसी बजेटमा थप दबाब परेको बताइन्छ।

यसको असर होटल तथा सडकका खानापसलमा पनि देखिन थालेको छ। धेरै ग्यास प्रयोग हुने पुरी, वडा, गोलगप्पा, चिया जस्ता खानेकुरा बनाउने व्यवसायीहरूले लागत बढेकाले मूल्य बढाउने वा केही परिकार कम बनाउने अवस्था आएको बताएका छन्। केही रेस्टुरेन्टले त मेनु परिवर्तन गर्ने तयारी गरेका छन्।

व्यवसायीहरूका अनुसार ग्यास महँगिएसँगै खाना पकाउने खर्च बढेकाले चिया, पुरी, लगायतका खानेकुराको मूल्य पनि बढ्ने सम्भावना छ। अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको दबाब र पश्चिम एसियामा बढेको तनावका कारण ग्यासको आपूर्ति र मूल्य दुवै प्रभावित भएको हाे ।