शीर्षकहरू

महालक्ष्मी विकास बैंकद्वारा दिगो बैकिङ्ग र वातावरणीय संरक्षणमा दुईदिने कार्यशाला

महालक्ष्मी विकास बैंकद्वारा दिगो बैकिङ्ग र वातावरणीय संरक्षणमा दुईदिने कार्यशाला

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले फागुन २४–२५ गते पोखरा फेवाताल किनारमा बैंकको वार्षिक कार्यक्रमअन्तर्गत दुईदिने कार्यशाला र सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र कर्मचारीहरूको उत्साहजनक सहभागितामा सम्पन्न यस कार्यक्रमले वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रवर्द्धन प्रति बैंकको प्रतिबद्धता सार्वजनिक गरेको छ। कार्यक्रममा बैंकको हालसम्मको वित्तीय अवस्था, सफल निर्वाचनपछिको सकारात्मक अवस्था र अन्तर्राष्ट्रिय आर्थिक चुनौतीहरूको विश्लेषण गरिएको छ।

कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनीतिको महत्वमा विशेष जोड दिइएको थियो। पदयात्रा मार्फत आम जनमानसमा दिगो वित्तीय अभ्यास अपनाउनुपर्ने सन्देश प्रवाह गरिएको छ।

बैंकको ३१ वर्षको यात्रामा १०३ शाखा र करिब ८ लाख ५० हजार ग्राहकहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले “सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात गर्दै ग्राहकलाई सुरक्षित, सहज र अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ।