एजेन्सी । मध्यपूर्वमा जारी युद्ध र बढ्दो क्षेत्रीय तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले आफ्ना नागरिकलाई ठूलो राहत दिने निर्णय गरेको छ। यूएई सरकारले देशमा आवश्यक दैनिक उपभोग्य वस्तुहरूको आगामी ६ महिनासम्मका लागि पर्याप्त रणनीतिक भण्डार सुरक्षित रहेको घोषणा गरेको हो।
सरकारले संकटको यस अवस्थामा पनि कुनै पनि आवश्यक वस्तुको अभाव हुन नदिने र बजारमा मनपरी मूल्यवृद्धि हुन नदिने स्पष्ट सन्देश दिएको छ। आम उपभोक्तालाई यी ९ अत्यावश्यक वस्तुको मूल्य स्थिर राख्ने निर्देशन दिएको छ ।
यूएईको अर्थ मन्त्रालय तथा पर्यटन मन्त्रालयले कडा मूल्य निर्धारण नीति लागू गरेको छ। यस नीतिअनुसार ९ वटा अत्यावश्यक वस्तुको मूल्य स्थिर गरिएको छ। मन्त्रालयको पूर्व अनुमति बिना यी वस्तुको मूल्य बढाउन पाइने छैन। मूल्य स्थिर गरिएका ९ वटा वस्तुहरू खाने तेल, अण्डा, दुग्धजन्य पदार्थ, चामल, चिनी, कुखुराको मासु, दाल, ब्रेड र गहुँमा कडा निगरानी गर्ने जनाएको छ ।
सरकारी समाचार एजेन्सी ‘वाम’ का अनुसार विशेष अनुगमन टोलीहरू दैनिक रूपमा बजार तथा पसलहरूको निरीक्षणमा खटिएका छन्। मन्त्रालयले प्रत्येक दिन बजारको निगरानी भइरहेको र अवैध रूपमा बढी मूल्य असुल्ने कार्य रोक्न आवश्यक कदम चालिएको जनाएको छ।
अनुगमन टोलीहरूले पसलहरूमा पर्याप्त मात्रामा सामान उपलब्ध भएको सुनिश्चित गरिरहेका छन्। कुनै पनि व्यापारीले ठोस कारण बिना मूल्य बढाएमा उनीहरूमाथि कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। साथै दुबई, अबुधाबी लगायत सबै अमिरातहरूबीच उच्चस्तरीय समन्वय कायम गरी आपूर्ति शृंखला कतै पनि अवरुद्ध हुन नदिने व्यवस्था गरिएको छ।
प्याज र टमाटरको मूल्य वृद्धि अस्थायी
पछिल्ला दुई दिनमा प्याज र टमाटर जस्ता केही तरकारीको मूल्य बढेको विषयमा मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार क्षेत्रीय संकटका कारण आपूर्तिमा केही अवरोध आएकोले मूल्यमा अस्थायी वृद्धि देखिएको हो।
पछिल्ला दुई दिनमा प्याज र टमाटर जस्ता केही तरकारीको मूल्य बढेको विषयमा मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार क्षेत्रीय संकटका कारण आपूर्तिमा केही अवरोध आएकोले मूल्यमा अस्थायी वृद्धि देखिएको हो।
आर्थिकन्यूज