शीर्षकहरू

होटल फरेष्ट इनको आइपीओ नेप्सेमा सूचीकृत

होटल फरेष्ट इनको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । उक्त कम्पनीको आईपीओ सहित २ करोड कित्ता शेयर नेप्सेमा आज बुधबार सूचीकृत भएको हो ।

कम्पनीले आईपीओ मार्फत सर्वसाधारणका लागि वितरण गरेको ४० लाख र संस्थापक समूहको १ करोड ६० लाख गरी कुल २ करोड कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसँगै अब बिहीबारबाट कारोबार गर्न सकिने छ । बिहीबार प्रि-ओपनिङ सेसनमा पहिलो कारोबार गर्न सकिने छ । 

नेप्सेले कम्पनीको कारोबार सिम्बल एचएफआईएन (HFIN) तोकेको छ । कम्पनीको ओपनिङ रेन्च ९०.६५ रूपैयाँदेखि २७१.९५ रुपैयाँ तोकिएको छ ।