शीर्षकहरू

रेडमी नोट १५ सिरिज नेपालमा, कति छ मूल्य ?

रेडमी नोट १५ सिरिज नेपालमा, कति छ मूल्य ?

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi ले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15-5G नेपालमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो फोन स्लिम डिजाइन, शक्तिशाली ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि आकर्षक विकल्प बनेको छ।

डिजाइन र बनावट

रेडमी नोट १५ ५जी तीन आकर्षक रङ—ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल—मा उपलब्ध छ। यसमध्ये मिस्ट पर्पल रङ प्रयोगकर्तामाझ धेरै लोकप्रिय हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। स्लिम र हल्का डिजाइनका कारण फोन समाउन र प्रयोग गर्न सहज रहेको बताइएको छ।

ब्याट्री र प्रदर्शन

फोनमा ५,५२० एमएएच क्षमताको ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। ४५ वाट फास्ट चार्जिङ सुविधाले फोन छिट्टै चार्ज गर्न सकिन्छ। यसले एकपटक चार्ज गर्दा लामो समय भिडियो हेर्न वा अन्य काम गर्न सकिने बताइएको छ।

डिस्प्ले र प्रोसेसर

यसमा ६.७ इन्चको ओलेड डिस्प्ले रहेको छ, जसले स्पष्ट र उज्यालो दृश्य प्रदान गर्छ। फोनमा स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ, जसले उच्च गति र स्मूथ प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।

क्यामेरा

रेडमी नोट १५ ५जीमा १०८ मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। एआई फिचर र इमेज स्टेबिलाइजेसनका कारण फोटो र भिडियो स्पष्ट आउने बताइएको छ।

मूल्य

यो स्मार्टफोन नेपालमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४६ हजार ९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९ हजार ९९९ रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।