काठमाडौं । सात महिनाको अवधिमा रेमिट्यान्स प्रवाह ३९.८ प्रतिशतले बढेर १२६१.०१ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्ष सोही अवधिमा वृद्धि दर मात्र ७.५ प्रतिशत थियो। माघ महिनामा मात्रै रेमिट्यान्स प्रवाह १९८.०८ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १३७.५० अर्ब रुपैयाँभन्दा धेरै हो।
गत वर्ष सोही अवधिमा वृद्धि दर मात्र ७.५ प्रतिशत थियो। माघ महिनामा मात्रै रेमिट्यान्स प्रवाह १९८.०८ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १३७.५० अर्ब रुपैयाँभन्दा धेरै हो।
अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह ३३ प्रतिशतले बढ्दै ८.८६ अर्ब डलर पुगेको छ। नेट सेकन्डरी इनकम (नेट ट्रान्सफर) १३८४.२७ अर्ब रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ९८६.३४ अर्ब रुपैयाँ थियो। वैदेशिक रोजगारीका लागि पहिलोपटक स्वीकृति लिने नेपाली कामदारको संख्या २,४५,१५३ र पुनः प्रवेश स्वीकृति लिने संख्या २,२७,४२४ रहेको छ।
चालु खाता अधिशेष ४९३.७८ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १८४.१४ अर्ब रुपैयाँभन्दा धेरै हो। भुक्तानी सन्तुलन अधिशेष ५७२.७३ अर्ब रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो २८४.४१ अर्ब रुपैयाँ थियो। विदेशी मुद्रा भण्डार २३.३ प्रतिशतले बढ्दै ३३०२.६६ अर्ब रुपैयाँ पुगेको छ।
आर्थिकन्यूज