शीर्षकहरू

ईरानद्वारा होर्मुज स्ट्रेट बन्द, तेल बजारमा विश्वव्यापी संकट, मूल्य बढेर ९० डलर प्रति व्यारेल पुग्यो

ईरानद्वारा होर्मुज स्ट्रेट बन्द, तेल बजारमा विश्वव्यापी संकट, मूल्य बढेर ९० डलर प्रति व्यारेल पुग्यो

एजेन्सी । इजरायल र अमेरिकाले २८ फेब्रुअरीमा गरेको आक्रमणको प्रतिघातस्वरूप ईरानले होर्मुज स्ट्रेट बन्द गरेको छ। यो मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने भएकाले यसको असर विश्वभर देखिएको छ। बुधबार मात्रै ईरानले तीन जहाजमाथि हमला गरेको छ।  

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३० प्रतिशत बढ्दै ९२ डलर प्रति ब्यारेल पुगेको छ।  भारतमा ीएन् अभाव देखिन थालेको छ। पेट्रोल–डिजेलमा तत्काल संकट नभए पनि युद्ध लामो खिचिए असर पर्ने सम्भावना छ।  अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार, विश्वको ७६ प्रतिशत तेल र १३ प्रतिशत ग्यास समुद्री मार्गबाट आपूर्ति हुन्छ।  

 फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने यो मार्ग गहिरो र चौडा भएकाले ठूलो तेल ट्यांकरहरू सजिलै गुज्रिन्छन्।  २०२५ को पहिलो छ महिनामा यहाँबाट दैनिक २ करोड ब्यारेल तेल आपूर्ति भएको थियो। यहाँबाट जाने ८९ प्रतिशत तेल एशियाली बजारमा पुग्छ। चीन, भारत, जापान र दक्षिण कोरियाले मात्र ७४ प्रतिशत तेल यहाँबाट पाउँछन्।  

तेत आपूर्तिको वैकल्पिक मार्गहरूम मलक्का स्ट्रेटबाट दैनिक २.३२ करोड ब्यारेल (२९.१ प्रतिशत आपूर्ति), स्वेज नहर,  पाइपलाइन, बाब अल(मन्देब स्ट्रेट संयुक्त रूपमा करिब ११ प्रतिशत आपूर्ति, डेनिश स्ट्रेट दैनिक ४९ लाख ब्यारेल ६ प्रतिशत आपूर्ति, टर्किश स्ट्रेट दैनिक ३७ लाख ब्यारेल (५ प्रतिशत आपूर्ति), पनामा नहर दैनिक २३ लाख ब्यारेल (३ प्रतिशत आपूर्ति) र केप अफ गुड होप दैनिक ९१ लाख ब्यारेल (११ प्रतिशत आपूर्ति) भइरहेको छ ।