शीर्षकहरू

बागमती प्रदेशको प्रशासनिक पुर्न संरचनाबारे विज्ञ टोलीको प्रतिवेदन सरकारलाई

बागमती प्रदेशको प्रशासनिक पुर्न संरचनाबारे विज्ञ टोलीको प्रतिवेदन सरकारलाई

हेटौँडा । बागमती प्रदेशको प्रशासनिक संरचनालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले गठित पूर्व सचिवको विज्ञ टोलीले प्रदेश सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उच्चस्तरीय प्रदेश प्रशासनिक पुनःसंरचना निर्देशक समितिका संयोजक तथा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रदेश प्रशासनिक पुनःसंरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिका संयोजक तथा नेपाल सरकारका पूर्व सचिव विमल वाग्लेले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

उक्त अध्ययन समितिमा नेपाल सरकारका पूर्व सचिव रेश्मीराज पाण्डे,गोपीकृष्ण खनाल र जिवनप्रभा लामा सदस्यका रूपमा रहेका छन् भने प्रदेश सचिव पूर्णबहादुर दर्जी सदस्य सचिवको जिम्मेवारीमा रहेका छन्।

समितिले प्रदेश सरकारको प्रशासनिक संरचनाको अध्ययन गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, संरचनागत सुधार गर्ने तथा प्रशासनिक कार्य प्रणालीलाई चुस्त बनाउने विषयमा विभिन्न सुझाव प्रतिवेदनमा समेटेको जनाएको छ ।