शीर्षकहरू

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा २ हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ थियो । आज बिहीबार ३ लाख १७ हजार रुपैयाँमा झरेको छ । 

तोलाको २०५ रूपैयाँले घटेर चाँदीको भाउ ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।