शीर्षकहरू

यी ३ सर्त अमेरिकाले पालना नगरेसम्म युद्ध नरोक्ने इरानको अठोट, शान्त होला त मध्यपूर्व ?

यी ३ सर्त अमेरिकाले पालना नगरेसम्म युद्ध नरोक्ने इरानको अठोट, शान्त होला त मध्यपूर्व ?

इरान ।  फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न इरानले पहिलो पटक तीन सर्त अघि सारेको छ । इरानका राष्ट्रपति मसुद पेजेशकियन (Masoud Pezeshkian) ले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै युद्ध रोक्नका लागि अमेरिका र इजरायलले तीन सर्त पूरा हुनुपर्ने बताएका हुन्। उनले रसिया र पाकिस्तानका नेतासँग कुराकानी गरेपछि यस्तो बताएका हुन्।

इरानले युद्ध अन्त्यका लागि यी ३ सर्त राखेको छ

  • इस्लामिक गणतन्त्र इरानका वैध अधिकारको अन्तर्राष्ट्रिय मान्यता हुनुपर्ने,

  • युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने,

  • भविष्यमा फेरि आक्रमण नहुने बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी हुनुपर्ने,

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (Donald Trump) ले भने अमेरिका युद्धमा जितिसकेको दाबी गरेका छन्। इरानका विदेशमन्त्री अब्बास अराघची सहितका अधिकारीहरूले यसअघि अमेरिकासँग वार्ताको सम्भावना नरहेको बताएका थिए। उनीहरूका अनुसार अमेरिका र इरानबीच आणविक विषयमा वार्ता चलिरहेका बेला आक्रमण भएकोले अमेरिकाले विश्वासघात गरेकाे  इरानले महसुस गरेको छ।

ट्रम्पले युद्ध अपेक्षा भन्दा छिटो अघि बढेको र चाँडै अन्त्य हुन सक्ने बताएका छन्। तर पछि उनले अझै पूर्ण विजय हासिल गर्न बाँकी रहेको भन्दै युद्ध जारी रहने संकेत पनि दिएका छन्।

ट्रम्प प्रशासनका अधिकारीहरूले युद्धबारे फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन्। ट्रम्पले भने युद्ध अन्त्य गर्ने निर्णय इजरायलका प्रधानमन्त्री ​​​​​​​बेन्जामिन नेतन्याहुसँग मिलेर लिने बताएका छन्।

यसैबीच अमेरिकी सिनेटर क्रिस मर्फीले ट्रम्प प्रशासनबाट इरान युद्धबारे जानकारी लिएको बताए। उनका अनुसार ट्रम्प प्रशासनले सार्वजनिक रूपमा यो युद्धको स्पष्ट कारण देखाउन सकेको छैन।

उनले युद्धको मुख्य उद्देश्य इरानको शासन परिवर्तन वा आणविक कार्यक्रम नष्ट गर्नु नभएको पनि बताएका छन्।