शीर्षकहरू

विश्वमै पहिलो एटीआर-७२ जहाजले पूर्ण सेवा पछि बुध्द एयरबाट औपचारिक विदाइ

विश्वमै पहिलो एटीआर-७२ जहाजले पूर्ण सेवा पछि बुध्द एयरबाट औपचारिक विदाइ

काठमाडौँ। बुध्द एयरले विश्वमै पहिलो पटक सञ्चालनमा आएको एटीआर-७२ जहाजलाई १६ वर्षे सेवापछि औपचारिक विदाइ गरेको छ। कल साइन एन–एजेओ रहेको यस जहाजले २ जुलाई २०१० देखि ९ मार्च २०२६ सम्म नेपालमा २४ लाख ८२ हजार ७ सय बहत्तर यात्रु बोकेको थियो।

जाहाजको अधिक्तम उडान क्षमता ७२,००० साइक्ल (प्रत्येक उडान र अवतरणको गणना) रहेको छ। विदाइ कार्यक्रममा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो र वातावरणमैत्री बनाउन ठूलो योगदान गरेको बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका जेनरल म्यानेजर टेकनाथ सिटौलाले सुरक्षा र उत्कृष्ट मर्मत–सम्भारका कारण जहाजको सफल विदाइ सम्भव भएको बताए। एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेण्ट स्टेफानो माराज्जनीले पनि बुध्द एयरसँगको साझेदारी र अन्तिम उडानसम्म सुरक्षित सेवा दिन सक्ने क्षमताप्रति खुसी व्यक्त गरे।

यसअघि बुध्द एयरले एटीआर–४२ जहाजलाई २०२४ मा विदाइ गरेको थियो। बुध्द एयर आन्तरिक उडानसहित भारतको वाराणसी र कोलकाता तर्फ पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको छ।