काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन हाल आन्तरिक पर्यटक र बियर पारखीहरूको आकर्षणको केन्द्र बनेको छ।
यहाँ स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू सिधै धाराबाट पिउन सकिने व्यवस्था गरिएको छ, जसले आगन्तुकलाई फ्याक्ट्री टेस्ट जस्तो ताजापन र स्वादको अनुभव दिलाउँछ।
यो गार्डेन कोटिहवा चोकबाट करिब ४०० मिटर पश्चिम, “टाइगर प्यालेस”सँगै सञ्चालन भइरहेको छ। यहाँ पाहुनाले काठको आकर्षक उडन भिल्ला मा बसेर खुला वातावरण, मनमोहक मौसम र प्राकृतिक दृश्यसहित बियरको स्वाद लिन सक्छन्।
नेपालमा कुरिनटार क्षेत्रपछि पश्चिम नेपालमै क्राफ्ट बियर अनुभव उपलब्ध गराउने यो पहिलो स्थल मानिन्छ। यहाँ अनुभवी सेफहरूले तयार गरेका विभिन्न परिकारहरू बियरको स्वाद र आतिथ्य अनुभवलाई अझ समृद्ध बनाउने गरेका छन्।

यो परियोजना व्यवसायी मिनराज भुसाल को अवधारणा र लगानीमा सञ्चालन भइरहेको छ। हाल करिब ५० स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। परियोजनाको उद्देश्य क्षेत्रमै फरक किसिमको बियर संस्कृतिको विकास गर्नु, स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्नु र रोजगारी सिर्जना गर्नु हो।
भुसालका अनुसार यो परियोजना स्वदेशमै अवसर सिर्जना गर्ने उदाहरण बनेको छ। सही व्यवस्थापन र साधारण लगानी भए आफ्नै देशमा बस्दै जीविकोपार्जन सम्भव छ भन्ने सन्देश पनि यसले दिएको छ।
रुपन्देहीमा अवस्थित यस गार्डेनको स्थान विशेष महत्वको छ। भारतबाट नेपालका पर्यटकिय स्थल पोखरा र लुम्बिनी तर्फ यात्रा गर्ने पर्यटकहरूका लागि यो उत्कृष्ट विश्राम स्थल बन्ने क्रममा छ।
व्यवसायीहरूले नेपालमा यस्ता परियोजनाहरू विस्तार गर्न लगानीको सुरक्षा, संरक्षण र व्यवसायमैत्री नीति आवश्यक रहेको बताएका छन्। राज्यले लगानीमैत्री वातावरण निर्माण गरे देशभर यस्ता उद्यमहरू फैलनेछन् जसले रोजगारी र पर्यटनमा सकारात्मक प्रभाव पार्नेछन्।
रुपन्देहीमा नयाँ अनुभव खोज्ने बियर पारखीहरूका लागि चिलियाको बारासिङ्गे बियर गार्डेन अहिले आकर्षक गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

आर्थिकन्यूज