काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोलु हाईड्रोपावर लिमिटेडको आईपीओ औपचारिक रूपमा सूचीकृत भएको छ। कम्पनीको कुल १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको ट्रेडिङ सिम्बोल SOHL राखिएको छ।
नेप्सेले पहिलो कारोबारका लागि सोलु हाईड्रोपावरलाई न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ। यस अन्तरगत चैत्र ०१ गते आइतबार स्पेशल प्रि-ओपन सेसन मार्फत कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।
आर्थिकन्यूज