शीर्षकहरू

निर्वाचन प्रहरीको बिदाई : ४५ दिनको चुनौतीपूर्ण सेवाप्रति प्रशंसा र सम्मान

निर्वाचन प्रहरीको बिदाई : ४५ दिनको चुनौतीपूर्ण सेवाप्रति प्रशंसा र सम्मान

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको विहीबार बिदाई गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गरिएको हो ।

कार्यक्रममा बोल्दै ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख होविन्द्र बोगटीले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको योगदान महत्वपूर्ण रहेको बताए । उनले निर्वाचन प्रहरीलाई देशले विश्वासका साथ महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै निर्वाचन अवधिभर उनीहरूले प्रहरीसँगै सारथीका रूपमा काम गरेको बताए ।

उनले भने, ‘भर्खर आफ्ना केही कुराहरु सुनाएर निर्वाचन प्रहरीलाई फिल्डमा पठाएका थियौं । काँधमा देशले विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिइएको थियो । नेपाल प्रहरीको पनि प्रहरी हो निर्वाचन प्रहरी । हाम्रो प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी हामी सबैको हो । ४० दिनसम्म सुरक्षा गर्ने, कार्यालयहरुको सुरक्षा गर्ने, बुथको सुरक्षा गर्ने, प्रहरी सँगसँगै हिड्ने एउटा सारथीको हिसावले निर्वाचन प्रहरी खटिनुभयो ।’

उनका अनुसार निर्वाचन प्रहरीले करिब ४० दिनसम्म प्रहरी कार्यालय, मतदान केन्द्र तथा सुरक्षासम्बन्धी विभिन्न जिम्मेवारी निर्वाह गर्दै नेपाल प्रहरीलाई सहयोग गरेका थिए ।

null

निर्वाचन प्रहरीको काम चुनौतीपूर्ण रहेछ : रमा गौतम

कार्यक्रममा निर्वाचन प्रहरी रमा गौतमले छोटो समयका लागि भए पनि देशको सेवामा योगदान दिन पाएको अनुभव साझा गरिन् । उनले बाहिरबाट हेर्दा सजिलो देखिए पनि निर्वाचन सुरक्षाको काम व्यवहारमा चुनौतीपूर्ण रहेको बताइन् । साथै ४५ दिनको अवधिमा नेपाल प्रहरीले दिएको साथ, सहयोग र सम्मानले कामलाई सहज बनाएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘मैले कहिले पनि सोचेको थिएन थोरै समयको लागि भए पनि देशको लागि योगदान दिन सक्छु भनेर । बाहिरबाट हेर्दा जति सजिलो छ त्यो साच्चै सजिलो छैन । माया इज्जतको साथ हामीहरुलाई यो ४५ दिन सहज बनाउनु भयो नेपाल प्रहरीले धन्यवाद । यस वर्षको निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

null